मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक १७ बुधबार ०६:२४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

खुकुरी रमले प्याकेजिङ परिवर्तन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक १७ बुधबार ०६:२४:००

खुकुरी रमले आफ्नो प्याकेजिङ (प्याक) परिवर्तन गर्ने भएको छ । कम्पनीले ब्लेन्ड र स्वादमा कुनै परिवर्तन नगरी प्याकेजिङ मात्र परिवर्तन गर्न लागेको हो । स्थापनाको ६२ वर्षपछि समयको माग र ग्राहकको अपेक्षालाई समेत ध्यानमा राखी आफ्नो प्याकेजिङ परिवर्तन गर्न लागेको कम्पनीले जनाएको छ । अहिलेभन्दा आकर्षक, विश्वस्तरीय एवं वातावरणमैत्री रूपमा बजारमा उत्रिने निर्णय गरेको कम्पनीको दाबी छ । नयाँ प्याकेजिङसहितको खुकुरी रम तिहार र छठपछि बजारमा आउने जनाइएको छ ।  

बीस वर्षदेखि बजारमा रहेको पुरानो प्याकको अन्तिम ब्याचका उत्पादनहरू एक महिनाअघि नै बन्द भइसकेको कम्पनीले जनाएको छ । नेपालबाहेक १३ देशका बजारमा समेत खुकुरी रम उपलब्ध हुँदै आएको र प्याकेजिङ स्थानीय तथा अन्तर्राष्ट्रिय बजारमा एकैसाथ परिवर्तन हुने कम्पनीको भनाइ छ । 

नयाँ प्याकेजिङले स्थानीय र विश्व बजारका ग्राहकको मन जित्ने विश्वास लिएको खुकुरी रमको उत्पादक, नेपाल डिस्टिलरिजका महाप्रबन्धक सुभाष लामिछानेले बताए । उनले भने, ‘हामीले स्थानीयदेखि विश्व बजारसम्मका अमूल्य ग्राहकको सुविधा तथा चाहनालाई ध्यानमा राखेर खुकुरी रमको नयाँ प्याक डिजाइन गरेका हौँ । नयाँ प्याकमा समेत हामीले खुकुरी रमको उही पुरानै उत्कृष्ट स्वाद कायमै राखेका छौँ ।’