मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल तस्बिर
२०७५ फाल्गुण १७ शुक्रबार १६:३८:००
Read Time : < 1 मिनेट
समाचार

नेपालमा पहिलोपटक ल्याप्रोस्कोपीका माध्यमबाट सफल मिर्गौला प्रत्यारोपण 

Read Time : < 1 मिनेट
२०७५ फाल्गुण १७ शुक्रबार १६:३८:००

नेपालमा पहिलोपटक ल्याप्रोस्कोपीका माध्यमबाट सफल मिर्गौला प्रत्यारोपण गरिएको छ । विश्वमा कमै मात्रामा हुने गरेको यस्तो प्रत्यारोपण नेपाली चिकित्सकहरुले शुक्रबार सफलताका साथ गरेका छन् ।

धापासीको ग्राण्डी अन्तराष्ट्रिय अस्पतालका चिकित्सक डा. प्रेमराज ज्ञवालीको नेतृत्वमा कैलाली निवासी राना थारु समुदायका श्रीमानको मिर्गौला ल्याप्रोस्कोपीका माध्यमबाट प्रत्यारोपण गरिएको हो । डा. ज्ञवालीका अनुसार लामो प्रायासपछि ३५ वर्षीया श्रीमतीले दिएको मिर्गौला ३८ वर्षका श्रीमानलाई प्रत्यारोपण गरिएको हो ।

यो नेपाली चिकित्सा जगतको ठुलो उपलब्धी भएको ज्ञवालीले बताए । मानवअंग प्रत्यारोपण केन्द्रले बिदेशी चिकित्सक ल्याएर प्रत्यारोपण गर्दै आएको थिए । तर, ल्याप्रोस्कोपीको माध्यमबाट गरिएको प्रत्यारोपण भने यो पहिलो हो । 

प्रा डा प्रेमराज ज्ञवालीको नेतृत्वमा सर्जन पवन चालिसे, अनिल श्रेष्ठ, भोजराज लुईटेल र सुरेन्द्र अधिकारी तथा मन्जु शाही र सुजाता गणेश को नर्सिङ  टिमले  दाताको मृगौला बिना चिरफार ल्याप्रोस्कोपीक बिधीले निकालेर सफलता पूर्वक प्रत्यारोपण गरेको छ । एनेस्थेसिया बिभागका चिकित्सकहरु डा अर्चन अधिकारी, अभिनास गुरुंग, अशोक खड्का र सुजाता निरौलाको पनि संलग्नता थियो ।