मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक १७ बुधबार ०६:०९:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

तीन देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक १७ बुधबार ०६:०९:००

भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतहरूको सुनुवाइ प्रक्रिया अघि बढेको छ । मंगलबार संसदीय सुुनुवाइ समितिको बैठकले प्रस्तावित राजदूतहरूको उजुरीका लागि १० दिनको समय तोकेको छ ।

मन्त्रिपरिषद्को ११ कात्तिकको बैठकले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई नियुक्तिको सिफारिस गरेको थियो । सरकारको सोही सिफारिसका आधारमा संसदीय सुनुवाइ समितिले सुनुवाइ प्रक्रिया अघि बढाएको हो । 

‘प्रस्तावित राजदूतहरूको बारेमा जनतालाई जानकारी दिने र प्रस्तावित राजदूतहरू अनुपयुक्त लागेमा सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधारसहित समितिमा सूचना वा उजुरी दिने विषयलाई अनुमोदन गरिदिनु हुन समिति सदस्यलाई अनुरोध गर्दछु,’ समिति सभापति लक्ष्मणलाल कर्णले भने । त्यसपछि समितिले उजुरी आह्वान गर्ने निर्णय गरेको थियो ।

बैठकमा समिति सदस्यहरूले सरकारबाट भएका सिफारिस समावेशी नभएको भन्दै असन्तुष्टि जनाएका थिए । बैठकमा सांसद शिवकुमार मण्डलले सुनुवाइका लागि आएका सिफारिसहरू समावेशी हुनुपर्नेमा जोड दिएका थिए । ‘राजदूत सिफारिसहरू समावेशी आएका छैनन् । हरेक सिफारिस आउँदा समावेशी तरिकाले आउनुपर्छ । हामीले टुलुटुलु हेरेर मात्रै बस्ने ? यस विषयमा समितिले बोल्नुप¥यो,’ उनले भने । समितिले विगतमा पनि सिफारिस गर्दा समावेशिता अपनाउन सरकारलाई निर्देशन दिएको थियो ।