मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक १६ मंगलबार १८:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तिहारमा विद्युत अभाव हुँदैन, जति पनि झिलिमिली गर्दा हुन्छ : कुलमान घिसिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक १६ मंगलबार १८:५१:००

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताएका छन्। मंगलबार नेपाल विद्युत प्राधिकरणले आयोजना गरेको शुभकामना आदानप्रदानमा घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताएका हन्। उनले यस वर्षको तिहारमा करिब १५ सय मेगावाट प्रयोग हुन सक्ने प्रक्षेपण गरेको बताए। 

प्रबन्ध निर्देशक घिसिङले अहिले कुलेखानीको विद्युत खेर गइरहेको बताउँदै प्रसारणको कारणले तिहारमा कतै पनि विद्युतको अभाव नहुने जानकारी दिए। उनले आमनागरिक तथा उपभोक्ताहरूलाई ढुक्कसँग विद्युत चलाउन आग्रह गरे।

‘यो तिहारमा हामीले १५ सय मोगाबाट भन्दा बढी एक्सपोज गरेका छैनौँ, हामीसँग जेनेरेसन अहिलेसम्मको करिब २ हजार प्लस मेगावाटमा जलविद्युत मात्रै उत्पादन जडित क्षमता छ, १५, १६ सय जलविद्युत अप्रेसनमा छौँ, कुलेखानी चलाउनुपरेको छैन, कुलेखानी पनि खेर गइरहेको छ, दिउँसो करिब २ सय र राति ५ सय मेगावाट हामी सप्लाइमा छौँ, त्यो भएकोले तिहारको लागि लोडअनुसारको आपूर्ति धेरै बढी छ, कुनै समस्या हुँदैन, बत्ती काट्ने, लोडसेडिङ गर्ने कुनै अवस्था छैन। तिहार मनाउँदालाई लाइटिङ सिस्टम, इक्विपमेन्ट चलाउँदा पनि हामीलाई असर पर्दैन, सबै आमनागरिक, उपभोक्ताले निर्धक्कका साथ तिहारमा झिलिमिली गर्दा हुन्छ,’ उनले भने।

प्रबन्ध निर्देशक घिसिङले समयसमयमा बत्ती जाने गरेको समस्यालाई गम्भीरताका साथ लिएको बताउँदै वितरण प्रणालीमा व्यापक सुधार गर्ने बताए। उनले ट्रान्सफर्मरको समस्या धेरै रहेको र अब तत्काल त्यसको समाधान हुने बताए। घिसिङले भरपर्दो विद्युत कसरी दिने भन्ने अबको चुनौती रहेको बताउँदै अब देशभर स्मार्ट चार्जिङ स्टेसन राख्ने बताए।