मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक १६ मंगलबार ०६:१३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

खाँदबारीमा लक्ष्मी बैंकको शाखा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक १६ मंगलबार ०६:१३:००

लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा संखुवासभाको खाँदबारी नगरपालिका वडा न. १ मा नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ । खाँदबारीको सजक टोलमा रहेकोे शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरूमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्यसहित शाखा सञ्चालनमा ल्याएको हो । 

यो शाखाको साथ बैंकले आफ्नो सेवा अझ सुदृढ र व्यापक बनाउने क्रममा अघि बढेको जनाएको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्तलगायतका वित्तीय सेवाहरूको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरूमा आक्रामक रूपमा आफ्नो शाखा सेवा विस्तार गर्दै आएको बैंकको दाबी छ ।

नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा सञ्जाल ५० जिल्लामा एक सय ३८ शाखा, सात एक्सटेन्सन काउन्टर र पाँच हस्पिटल सेवा काउन्टर, एक सय ६८ एटिएम, दुई हजार पाँच सयभन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६३ शाखारहित बैंकिङ इकाइ पुगेको बैंकले जनाएको छ ।