१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक १६ मंगलबार ०६:१७:००
Read Time : < 1 मिनेट
अर्थ

चन्द्रागिरिका महाप्रबन्धक शाहलाई वर्ल्ड बुक अफ रेकर्डस्को सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक १६ मंगलबार ०६:१७:००

बेलायतस्थित वर्ल्ड बुक अफ रेकर्डस्ले चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहलाई सम्मान गरेको छ । हस्पिटालिटी र पर्यटन क्षेत्रमा पुर्‍याएको योगदानका लागि महाप्रबन्धक शाहलाई सम्मानित गरेको हो । 

आइतबार आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले शाहलाई उक्त सम्मानबाट सम्मानित गरेको कम्पनीले जनाएको छ । व्यावसायिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने प्रभावशाली व्यक्तित्वहरूलाई सम्मान गर्दै जाने परम्पराअनुरूप उक्त सम्मानबाट शाहलाई सम्मानित गरिएको वर्ल्ड बुक अफ रेकर्डस् नेपाल च्याप्टर प्रमुख सागर कटुवालले बताए । 

चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिसोर्टलगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गरिरहेको छ ।