Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ कार्तिक १५ सोमबार १७:०२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भन्सार छलेर ल्याएको औषधिसहित दुई पक्राउ

Read Time : < 1 मिनेट
२०७८ कार्तिक १५ सोमबार १७:०२:००

सिराहाको लहान नगरपालिका– १९ कटहा चोकबाट प्रहरीले अवैध रूपमा ल्याउँदै गरेको औषधिसहित दुईजनालाई पक्राउ गरेको छ। लहानस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले आइतबार राति सवारी चेकजाँचका क्रममा तीन लाख ३९ हजार आठ सय ४० रुपैयाँ भन्सार छलेर ल्याउँदै गरेको औषधि बरामद गरेको हो।

प्रदेश २–०१–००१ ह ०६७३ नम्बरको टेम्पोमा भन्सार छली भारतबाट ल्याउँदै गरेको दुई सय २५ एमएलको एक हजार ६२ बोतल लाइसोटन झोल बरामद भएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए।

प्रहरीले औषधिसहित टेम्पोचालक लहान– १ का २२ वर्षीय शत्रुधन रामसहित भन्सार छलेर औषधि ल्याउने बरियारपट्टी गाउँपालिका– ५ का १८ वर्षीय राकेशकुमार यादवलाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई आवश्यक कारबाहीका लागि ठाढी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।