Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ कार्तिक १५ सोमबार १२:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनाङको स्याउ बगैँचामा राष्ट्रपति भण्डारी

Read Time : < 1 मिनेट
२०७८ कार्तिक १५ सोमबार १२:१९:००

राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार निजी क्षेत्रबाट सञ्चालित नेपालकै सबैभन्दा ठूलो स्याउ फार्ममा पुगेकी छिन् । राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका सांसद पोल्देन छोपाङ गुरुङले सञ्चालन गरेको  एग्रो मनाङ स्याउ फार्मको अवलोकन गरेकी हुन्।

मनाङ ङिस्याङ गाउँपालिका– १ भ्रताङमा रहेको एग्रो मनाङ प्रालिको स्याउ बगैँचा दक्षिण एसियाकै ठूलो स्याउ बगैँचा हो, जहाँ सात सय ३५ रोपनी क्षेत्रफलमा स्याउ खेती गरिएको छ। यस फार्ममा इटालीबाट बिरुवा ल्याएर गाला, फुजी, गोल्डेनलगायतका स्याउ उत्पादन हुँदै आएको छ।

राष्ट्रपति भण्डारीलाई एग्रो मनाङ प्रालिका अध्यक्ष समराज गुरुङ र प्रबन्ध–निर्देशक युवराज गुरुङले स्याउ फार्मबारे जानकारी गराएका थिए। अवलोकनपछि राष्ट्रपति भण्डारीले नेपालको दुर्गम जिल्लामा उन्नत र व्यावसायिक कृषि खेती गरेर नेपालको अर्थतन्त्रमा थप सहयोग पुग्ने भन्दै खुसी व्यक्त  गरिन्। मनाङ जिल्लाको हाई अल्टिच्युडमा रहेको यस एग्रो मनाङ फार्ममा देशको पहिलो महिला राष्ट्रपतिलाई स्वागत गर्न पाउँदा सम्पूर्ण मनाङवासी खुसी भएको प्रतिनिधिसभा सांसद गुरुङले बताए।

राष्ट्रपति विद्यादेवी भण्डारीका साथमा संविधानसभाका सदस्य डा. भीष्म अधिकारी, राष्ट्रपति कार्यलयका सचिव, राष्ट्रपतिका विज्ञ सदस्य, प्रमुख स्वकीय सचिव र  भ्रमण दलका सदस्यहरू रहेका थिए। भ्रमणका क्रममा सांसद  गुरुङ र मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले मनाङ जिल्ला र पालिकाको सुन्दरता र समस्याहरूबारे धारणा राखेका थिए।