मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गणेश लम्साल विराटनगर
२०७८ कार्तिक १३ शनिबार १८:०८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माधव नेपाललाई कृषकले देखाए कुहिएको धान, राहतको लागि पहल गरिदिन आग्रह  

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ कार्तिक १३ शनिबार १८:०८:००

विराटनगरका कृषकहरूले पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बाढीले डुबाएर बोटमै कुहिएर उम्रेको दान देखाउँदै राहतका लागि पहल गरिदिन अनुरोध गरेका छन्। 

शनिबार एकीकृत समाजवादीले विराटनगरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा आएका अध्यक्ष नेपाललाई विराटनगर– ५ की कृषक अमला तुलाले प्रमुख अतिथि बनेर मञ्चमा बसिरहेकै स्थानमा पुगेर झोलामा ल्याएको उम्रिएको धान देखाउँदै उचित राहतका लागि पहल गरिदिन अनुरोध गरेकी हुन्।

प्लास्टिकको झोलामा ल्याएको बोटैमा कुहिएर उम्रिएको धान देखाउँदै पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग कृषक अमलाले भनिन् , ‘बाढीले हामी सबैको धान सबै डुबाएर कुहाइदियो, अब वर्षभरि के खाने? कसैले राहत दिएको छैन यसैले पहल गरिदिनुहोला।’ 

कृषकले मञ्चमै ल्याएर बोटमै कुहिएर उम्रिएको धान हेर्दै अध्यक्ष नेपालले उचित राहतका लागि आफूले संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता गरे। 
बेमौसमी वर्षाले गर्दा आएको बाढीले गर्दा विराटनगर महानगरपालिकाको ४, ५, १२, १६, १९ लगायतका वडामा कृषकहरूले लगाएको धानबाली डुबानमा परेर नष्ट भएको थियो । तर,  महानगरपालिकाले उनीहरूलाई अझैसम्म कुनै राहत दिएको छैन।