१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रासस रोम
२०७८ कार्तिक १३ शनिबार १३:३७:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

चीनसँग पुनर्मिलनबाहेक ताइवानको कुनै भविष्य छैन : विदेशमन्त्री वाङ यी

Read Time : < 1 मिनेट
रासस रोम
२०७८ कार्तिक १३ शनिबार १३:३७:००

चिनियाँ विदेशमन्त्री वाङ यीले शुक्रबार ताइवानले चीनसँग पुनर्मिलन गर्नुबाहेक अर्को कुनै विकल्प नभएको बताएका छन्। विदेशमन्त्री वाङ यीले चीनको हिस्सा हुनु बाहेक ताइवानको कुनै अन्तर्राष्ट्रिय कानुनी हैसियत नभएको  बताएका हुन्।

संयुक्त राष्ट्र संघमा ताइवानको 'अर्थपूर्ण' सहभागिताको लागि अमेरिकाले आह्वान गरेको प्रतिक्रियास्वरूप उनले यस्तो टिप्पणी गरेका हुन्। रोममा हुने जी–२० शिखर सम्मेलन अघि वाङ यीले अमेरिका र केही अन्य देशले एक चीन सिद्धान्तलाई रोक्न नसक्ने दाबी गरेका छन्। मन्त्री वाङले एक चीनको विपक्षमा रहन खोज्नेहरू २१औं शताब्दीमा सफल हुने सम्भावना धेरै कम रहेको बताए। यदि तिनीहरू निरन्तर त्यसै किसिमले सक्रिय रहे भने ठूलो मूल्य चुकाउनुपर्ने उनले बताए।

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मंगलबार संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूलाई संयुक्त राष्ट्र प्रणालीमा ताइवानको 'अर्थपूर्ण सहभागिता'लाई समर्थन गर्न आह्वान गरेपछि वाङको यस्तो टिप्पणी आएको हो।

ब्लिन्केनले एक विज्ञप्तिमा भनेका छन् 'हामी सबै संयुक्त राष्ट्र सदस्य राष्ट्रहरूलाई संयुक्त राष्ट्र प्रणालीमा र अन्तर्राष्ट्रिय समुदायमा ताइवानको बलियो, अर्थपूर्ण सहभागितालाई समर्थन गर्न हामीसँग सामेल हुन प्रोत्साहन गर्छौं।' ताइवानका एयरपोर्टहरूमार्फत वार्षिक दशौं लाख यात्रुहरू यात्रा गर्ने गरे पनि  ताइवानले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको त्रैवार्षिक सम्मेलनमा प्रतिनिधित्व गरेको थिएन।

सन् १९७१ मा चीनले आफ्नो ठाउँ लिएपछि ताइवानले संयुक्त राष्ट्रसंघ छोडेको थियो। त्यसयता ताइवानलाई महासभा र अन्य विश्व मञ्चहरूमा सहभागी हुनबाट वञ्चित गरिएको छ।