मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नेत्र पन्थी काठमाडाैं
२०७८ कार्तिक १२ शुक्रबार १८:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुख्य नेताले नै विधानविपरीत काम गरिरहेको विवेकशील साझा पाण्डे पक्षको निष्कर्ष  

Read Time : < 1 मिनेट
नेत्र पन्थी, काठमाडाैं
२०७८ कार्तिक १२ शुक्रबार १८:१६:००

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पक्षको केन्द्रीय समितिको बैठकले पार्टीका मुख्य नेताले विधानविपरीत काम गरिरहेको र पार्टीलाई गुटबन्दीको सिकार बनाएको निष्कर्ष निकालेको छ। शुक्रबार केन्द्रीय संयोजक पाण्डेको अध्यक्षतामा बसेको बैठकले मुख्य नेताले नै राजनीतिक रूपमा अलमल सिर्जना गरेको, वैचारिक द्विविधाबाट पार्टीलाई हानी गरी एकताको मूल भावनालाई कमजोर बनाएको, एकता महाधिवेशनको मुख्य कार्ययोजनालाई अलमलमा पारेको र पार्टीलाई विभाजनतर्फ लगेको  ठहर गरेको छ।

पार्टीमा देखिएको संकट र समस्याको सुरुवात पार्टी अध्यक्ष रवीन्द्र मिश्रले नै गरेको ठहर गर्दै  बैठकले  पार्टी अनुशासन उल्लंघनका तमाम घटनाहरूलाई रोक्न र सुसंस्कृत राजनीतिको मुख्य अभिष्टलाई बचाउन न्याय तथा सुशासन आयोग गठन गर्ने निर्णय गरेको छ। बैठकले आशुतोष तिवारी प्रमुख रहेको न्याय तथा सुशासन आयोग गठन गर्ने निर्णय गरेको छ।  

वैकल्पिक राजनीतिलाई स्थापित गर्ने र यसलाई अझ प्रखर र सुदृढ बनाउने अभियानमा विवेकशील साझा निरन्तर जुत्ने प्रतिबद्धतासहित बैठक सम्पन्न भएको हरिशप्रसाद भट्टले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।