मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक ११ बिहीबार १८:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाबुराम भट्टराई भन्छन्- लोकतन्त्रमा न्यायालयमाथि प्रश्न उठ्नु अनिष्टको संकेत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक ११ बिहीबार १८:०१:००

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्रमा न्यायालयमाथि प्रश्न उठ्नु अनिष्टको संकेत भएको बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले यस्तो बताएका हुन्। 

उनले न्यायापालिकामा गम्भीर रोग देखिएकोले न्यायपालिकाले नै यसको उपचार गर्नुपर्ने बताए। उनले न्यायाधीश नियुक्तिदेखि सबै प्रक्रिया त्रुटिपूर्ण रहेको बताउँदै भागबन्डामा चल्ने कामले न्यायालयको प्रतिष्ठामा आघात पुगेको तर्कसमेत गरे । उनले न्यायपालिकाबाटै समस्या सिर्जना भएकोले त्यसको निरूपण पनि न्यायालयभित्रबाटै हुनुपर्नेमा उनले जोड दिए । 

उनले भने, ‘पहिलो कुरा यति ठूलो राजनीतिक परिवर्तनपछि संविधानसभाबाट जुन संविधान बनायौँ, त्यस क्रममा राज्यका स्थायी अंग हुन्छन्, न्यायालय, सुरक्षा अंग, तिनीहरूमा पर्याप्त रूपान्तरण र परिवर्तन गर्न सकेनौँ, त्यो कारणले न्यायाधीशको नियुक्तिदेखि लिएर सबै प्रक्रिया त्रुटिपूर्ण छन्, भागबन्डामा चल्छन्, त्यसले न्यायालयको प्रतिष्ठा पहिल्यैदेखि आघात पर्दै आएको थियो, अहिले भित्रैबाट विवाद आउनु लोकतन्त्रको शोभनीय होइन, गम्भीर अनिष्टको संकेत हो, त्यसले यसको निरूपण न्यायालयभित्रैबाट गर्नु राम्रो हुन्छ, उहाँले गर्नुभएन भने व्यवस्थापिकाले आफूले गर्ने काम गर्छ, न्यायालयमा गम्भीर रोग छ भन्ने देखियो, यसको उपचार आफैँले गर्नुपर्यो ।’

भट्टराईले एमाले अध्यक्ष केपी ओलीले संसद् पुनः स्थापना नै गलत भनिरहनु पानी धमिल्याएर माछा मार्ने कोसिस मात्रै भएको बताए ।