Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ कार्तिक ११ बिहीबार ०८:१६:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

प्रहरी हत्या घटनामा नौजनालाई जन्मकैद फैसला

Read Time : < 1 मिनेट
२०७८ कार्तिक ११ बिहीबार ०८:१६:००

धनगढी उपमहानगरपालिका–१२, जुगेडास्थित नेपाल–भारत सीमा नाकामा तस्करी नियन्त्रण गर्न खटिएका दुई प्रहरीको हत्या घटनामा नौजनालाई जन्मकैदको फैसला भएको छ । कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरुको इजलासले प्रहरी हत्या घटनामा संलग्न नौजनालाई जन्मकैद हुने फैसला सुनाएको हो ।

धनगढी उपमहानगरपालिका–१०, का रामनिवास राना, राजकुमार राना, रामगोपाल राना, सुरेश राना, राजेन्द्र राना, रोहित राना, दलराम राना, रोहित राना र अमर रानालाई जन्मकैदको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार राइभान कुञ्जेडाले जानकारी दिए । घटनाको मतियार बनाइएका केराउ व्यापारी राजीव गुप्ताले सफाइ पाएका अदालतले जनाएको छ ।

धनगढी–१२, जुगेडास्थित अस्थायी प्रहरी पोस्ट जुगेडाका तत्कालीन इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको मटर (केराउ) तस्कर समूहले गत वर्ष १ कात्तिक राति हत्या गरेको थियो । मटर तस्कर भइरहेका वेला रोक्न खोजेपछि तस्करहरूले दुवैजनाको हत्या गरी सीमा क्षेत्रमा बग्ने मोहना नदीमा फालेका थिए । 

केराउ तस्करी रोक्न खोजेपछि तस्करले घरेलु हतियार प्रयोग गरी प्रहरीको बीभत्स हत्या गरेको र हत्यापछि त्यही राति मटर तस्कर गरेर भारत पु¥याइएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । राति साढे १० बजेतिर गोरुगाडामा राखेर मोटर तस्करी गर्ने क्रममा घाटनजिक रोकेपछि प्रहरी सहायक निरीक्षक बिक र जवान साउदको तस्करबाट हत्या भएको थियो ।

दुवैको शव नदीको बीचभागमा फेला परेको थियो । हत्या अभियोगमा प्रहरीले आठजनालाई घटनाको केही दिनमै पक्राउ गरेको थियो । फरार एकजना भने पछि पक्राउ परेका थिए । जिल्ला अदालत कैलालीले अभियुक्त नौजनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश यसअघि दिएको थियो । पक्राउ परेका उनीहरूले अपराध स्वीकार गरेका थिए ।