मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
दीपक भट्ट रामेछाप
२०७८ कार्तिक १० बुधबार १६:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रामेछापमा नागरिकता लिनेको भिड

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०७८ कार्तिक १० बुधबार १६:००:००

जिल्ला प्रशासन कार्यालय रामेछापमा नेपाली नागरिकता तथा राहदानी लिन आउने सेवाग्राहीको संख्यामा ह्वातै वृद्धि भएको छ। जिल्लाबाहिर बस्दै आएका नागरिकहरू दसैँ मनाउन घर आएको समयमा नागरिकता र राहदानीसमेत बनाएर फर्कने मनस्थिति बनाएर आएपछि जिल्ला प्रशासन कार्यालयमा नागरिकहरूको दैनिक भिडभाड बढेको हो। प्रशासन कार्यालयमा दसैँ अघिसम्म २० देखि ४० वटासम्म नागरिकता तथा ५ देखि २० वटासम्म राहदानीको सिफारिस हुँदै आएको थियो।  

दसैँको लामो सार्वजनिक बिदापछि सरकारी कार्यालय खुलेसँगै जिल्ला प्रशासन कार्यालय रामेछापमा अहिले दैनिक एक सय ५० देखि दुई सय ५० वटासम्म नयाँ नागरिकता वितरण हुँदै आएको  छ। कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको भिड थाम्नै नसक्ने अवस्था सिर्जना भएको छ।

कार्यालयमा सेवा लिन आउने नागरिकहरूलाई कार्यालय समयपछि पनि सेवा प्रदान गर्दै आएको जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा लक्ष्मण भुजेलले जानकारी दिए । उनले भने, ‘कार्यालयमा अहिले दैनिक सेवाग्राहीको भिड बढेको छ। नयाँ नागरिकता वितरणको अलावा अहिले दैनिक रूपमा ५० देखि ६० वटासम्म नागरिता प्रतिलिपि वितरण र दैनिक ६० देखि ७० वटासम्म राहादानी सिफारिसको काम हुने गरेको छ। यसबाहेक कार्यालयको अन्य दैनिक कामका लागि आउने सेवाग्राहीको संख्यामा समेत उल्लेख्य रूपमा वृद्धि भएको नायव सुब्बा भुजेलले बताए ।