१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ कार्तिक १० बुधबार ०८:५९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आज बागमतीमा मुख्यमन्त्रीको विश्वासको मतमाथि मत विभाजन

Read Time : > 1 मिनेट
२०७८ कार्तिक १० बुधबार ०८:५९:००

आज बुधबार बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन प्रदेश सभामा दर्ता गराएको प्रस्तावमाथि मत विभाजन हुँदै छ । यसअघि दुईपटक सारिएको मत विभाजन प्रक्रियाका लागि आजको मितिमा सत्तारुढ नेकपा एमाले र विपक्षी गठबन्धन माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) बीच सहमति जुटेपछि सभामुख सानुकुमार श्रेष्ठले आज बुधबार मत विभाजन गर्ने तय गरेर बैठक बोलाएका हुन् ।

गत ४ कात्तिकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन प्रस्ताव टेबुल गरेपछि दलगत रूपमा प्रदेश सभाका सदस्यले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । प्रदेश सभामा हाल सत्तापक्ष एमालेका ४३, प्रमुख प्रतिपक्षी नेकपा माओवादी २३ र अन्य प्रतिपक्षी नेपाली कांग्रेसका २२, नेकपा (एस)का १३, विवेकशील साझा दलका तीन, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का दुई,  राप्रपाका दुई र स्वतन्त्र एक गरी एक सय नाै सदस्य छन् । 

प्रदेश सभामा नयाँ सरकार गठनका लागि ५५ मत भए पुग्छ । गठबन्धनसँग ५८ मत छ । तीन मत रहेको विवेकशील साझाले शाक्यलाई विश्वासको मत नदिने दाबी गर्दै आएको छ । दुई–दुई मत रहेको नेपाल मजदुर किसान पार्टी, राप्रपाले कुनै प्रतिक्रिया जनाएका छैनन् । नेकपा (एस)का संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई गठबन्धनको सहमतिअनुसार मुख्यमन्त्रीमा अघि सार्ने निर्णय भइसकेको छ । बागमतीमा नेकपा (एस) र कांग्रेसले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने ४ कातिकमा सहमति भएको थियो ।

मतविभाजनका लागि कार्यविधि तयार
प्रदेश सभाले मत विभाजनका लागि कार्यविधि तयार गरेको छ । कार्यव्यवस्था तथा परामर्श समितिअन्तर्गत रहेर गठन गरिएको उपसमितिले ‘दस्तखतसहितको मत विभाजनसम्बन्धी कार्यविधि– २०७८’ तयार गरेको संयोजक छिरिङदोर्जे लामाले जानकारी दिए । उनका अनुसार उक्त कार्यविधि बुधबार सभामुख सानुकुमार श्रेष्ठलाई हस्तान्तरण गरिनेछ ।

सत्तापक्ष एमालेले कार्यविधि बनाएर मात्र मतविभाजन प्रक्रिया अगाडि बढाउनुपर्ने बताउँदै आएको थियो । एमालेको मागअनुसार सभामुख श्रेष्ठले उपसमितिलाई कार्यविधि बनाउने जिम्मेवारी सुम्पिएका थिए । ‘हामीले प्रदेश सभामा दीर्घकालीन रूपमा प्रयोग हुने गरी कार्यविधि तयार गरेका छौँ,’ उनले भने । कांग्रेस सचेतक लामाका अनुसार कार्यविधिमा पक्ष, विपक्ष र नो भोटको समेत व्यवस्था गरिएको छ । उपसमितिमा राजेन्द्र पाण्डे, बुद्धिमान माझी, गणेश दुलाल, रिना गुरुङ, रिता माझी, सुरेन्द्रराज गोसाईं र शोभा शाक्य सदस्य रहेका थिए ।