मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ कार्तिक ९ मंगलबार ०६:१५:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

लिभरपुलसँग युनाइटेडको लज्जास्पद हार

Read Time : > 1 मिनेट
२०७८ कार्तिक ९ मंगलबार ०६:१५:००

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले म्यानचेस्टर युनाइटेडमाथि ५–० को सानदार जित दर्ता गरेको छ । सन् २०११ पछि युनाइटेड घरेलु मैदानमा पाँच गोलअन्तरले पराजित भएको दोस्रोपटक हो । दश वर्षअघि म्यानचेस्टर सिटीले युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा ६–१ को जित निकालेको थियो । प्रशिक्षक ओले सोल्सारको प्रशिक्षणमा पहिलोपटक युनाइटेड ५–० ले पराजित भएको हो । 

ओल्ड ट्राफोर्डमा लिभरपुरलाई सानदार जित दिलाउने क्रममा उत्कृष्ट फर्ममा रहेका मोहमद सलाहले ह्याट्रिक गरेका थिए । सलाहले लगातार दश खेलमा गोल गरेका छन् । लिभरपुलले पहिलो हाफमा ४–० ले अग्रता लिएको थियो । दोस्रो हाफमा लिभरपुलले एक गोल थप गर्दा युनाइटेडले चालू सिजनमा खराब नतिजा व्यहो¥यो । जितसँगै लिभरपुल २१ अंकसहित दोस्रो स्थानमा उक्लेको छ । चेल्सी २२ अंकका साथ शीर्ष स्थानमा छ । साविक विजेता म्यानचेस्टर सिटी २० अंकका साथ तेस्रो स्थानमा छ ।

युनाइटेड १४ अंकका साथ सातौँ स्थानमा झरेको छ । इंग्लिस प्रिमियर लिगकै आइतबार रोमाञ्चक खेलमा युनाइटेड खेलको ६०औँ मिनेटमा दश खेलाडीमा सीमित भएको थियो । मिडफिल्डर पाउल पोग्बाले रातो कार्ड व्यहोर्दै मैदान छाडेका थिए । त्यसपछि युनाइटेडले बाँकी ३० मिनेट दश खेलाडीमै रहँदै लिभरपुलविरुद्ध प्रतिस्पर्धा गरेको थियो । खेलको पाँचौँ मिनेटमा नावय केइटाले लिभरपुललाई १–० को अग्रता दिलाए । खेलको १३औँ मिनेटमा डिओगो जोटाले लिभरपुललाई २–० ले अगाडि राखे । त्यसपछि सलाहले पूरै एक पक्षीय खेल बनाए  । खेलको ३८औँ, ४५औँ र ५०औँ मिनेटमा गोल गर्दै सलाहले ह्याट्रिक पूरा गर्दैै लिभरपुललाई ५–० को जित दिलाए । अर्को खेलमा टोटनह्याम वेस्टहामसँग १–० ले पराजित भएको छ । लेस्टर सिटीले वेन्टफोर्डमाथि २–१ को जित निकाल्यो । 

रियलले बार्सिलोनालाई हरायो
स्पेनिस ला लिगकोे पहिलो एल क्लासिकोमा रियल म्याड्रिडले बार्सिलोनालाई २–१ ले हराएको छ । क्याम्प नोउमा डेभिड अलाबा र लुकास भाज्क्वेजको एक–एक गोलको मद्दतमा रियलले बार्सिलोनाको घरेलु मैदानमा महत्वपूर्ण दुई अंक जोडेको हो । जितसँगै रियल शीर्ष स्थानमा उक्लेको छ । रियलले शीर्ष स्थानमा रहन २० अंक जोडेको छ । समान २० अंक जोडेको सेभिल्ला दोस्रो स्थानमा छ । बार्सिलोना १५ अंकका साथ आठौँ स्थानमा छ । खेलको ३२औँ मिनेटमा रोड्रिगोको पासमा अलाबाले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । त्यसपछि भाज्क्वेजले रियललाई २–० ले अगाडि राखे । खेलको अन्तिम समयमा बार्सिलोनाका सर्जियो अगुएरोले २–१ गोलअन्तरका लागि गोल गरे ।

यसैगरी साविक विजेता एट्लेटिको म्याड्रिडले रियल सोसिडाडसँग २–२ को बराबरी खेलेको छ । खेलको एक समय एट्लेटिको म्याड्रिड २–० ले पछि थियो । उरुग्वेका स्ट्राइकर लुइस सुआरेजले दुई गोल गर्दा एट्लेटिको म्याड्रिडले सोसिडाडसँग २–२ को बराबरी खेलेको हो । खेलको सातौँ मिनेटमा एलेक्सान्डर सोर्लाेथले सोसिडाडलाई १–० को अग्रता दिलाए । 

खेलको ४८औँ मिनेटमा एलेक्सान्डर इसाकले रियल सोसिडाडलाई २–० को बलियो स्थितिमा राखे । खेलको ६१औँ मिनेटमा सुआरेजले एट्लेटिकोलाई २–१ को अन्तरमा ल्याए । खेलको ७७औँ मिनेटमा सुआरेजको पेनाल्टी सहयोगमा एट्लेटिको म्याड्रिडले खेल २–२ को बराबरीमा ल्यायो । एट्लेटिको १८ अंकका साथ चौथो स्थानमा छ ।