मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ कार्तिक ८ सोमबार १५:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्च अदालत गुटबन्दीको अखडा भयो : ओली

Read Time : < 1 मिनेट
२०७८ कार्तिक ८ सोमबार १५:५०:००

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालत गुटबन्दीको अखडा भएको बताएका छन्। गृहजिल्ला झापाको गौरादहमा भएको एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले सर्वोच्चले लोकतन्त्रको हुर्मत लिएको बताए । सर्वोच्च अदालतमा न्यायशीधका गुटबन्दीसहितका बैठक सुन्दा अचम्म लागेको पनि उनले बताए। 

‘हिजो सर्वोच्च अदालततिर, छेउछाउतिर न्यायाधीशका गुटबन्दीपूर्ण मिटिङहरू भएछ । सुन्दा अचम्म लाग्दैन ? श्रीमान् न्यायाधीशहरू हामीलाई न्याय दिनुहोला, संविधानको रक्षा गर्नुहोला, कानुनको कार्यान्वयन गर्नुहोला, फैसला गर्दा निष्पक्ष ढंगले गर्नुहोला भनेको आफ्नो टुप्पोको मान्छेले निष्पक्ष गरेन भनेर कराएका छन्,’ ओलीले भने, ‘अरूका पनि त अनुहार त जनताले देखेका होला नि त ! प्रधानन्यायाधीशले निष्पक्ष गरेन भन्नेहरूका अनुहार कत्तिको निष्पक्ष छ भन्ने त जनताले देखेका होलान् नि त !’

‘पार्टीमा त अलिअलि गुटबन्दी भएको छ। अहिले त सर्वोच्च अदालत गुटबन्दीको अखडा !,’ उनले भने, ‘१५ जना न्यायाधीश एकतिर र प्रधानन्यायाधीश एकतिर बसेका छन् रे ! प्रधानन्यायाधीशले बोलाएको बैठकमा जान्न भन्छन् रे ! हाम्रो गुट ठूलो छ। बलियो छ भन्दै छन् रे ! के गुटबन्दीको अखडा हो सर्वोच्च अदालत ?’ सर्वोच्च अदालतले दुनियाँमा नभएको जात्रा देखाइरहेको उनको दाबी थियो । ‘अदालतको हुर्मत लिने काम भइरहेकोे छ। कहिले परमादेश जारी गरेर दुनियाँमा नभएको जात्रा देखाइरहेका छन्,’ उनले भने, ‘कहिले गुटबन्दी, कहिले सट्टापट्टाको कुरा सुनिन्छ। हामी सबैले विश्वास गर्ने, कोही भएन भने न्याय पाउँछौँ विश्वास गर्ने ठाउँमा न्यायाधीश आफैँ आरोप–प्रत्यारोप र मारामार गरेका छन्।’

उनले सर्वोच्च अदालत सट्टापट्टामा चलिरहेको बताए । ‘हामीलाई थाहा छैन। उसले योसँग साट्यो भन्छन्। यसले जेठानसँग साट्यो भन्छन्। उहाँहरू नै आफैँ भनिरहनुभएको छ सट्टापट्टा !,’ उनले भने, ‘सट्टेबाजीको बजार छ रे सर्वोच्च अदालतमा ।’