१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक ७ आइतबार १७:३८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सामाजिक विभेदलाई रुचाउनेले माओवादीको विरोध गरे : प्रचण्ड (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक ७ आइतबार १७:३८:००

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक विभेदलाई रुचाउने तथा उत्पीडन र अत्याचारलाई पुनर्स्थापित गर्न चाहानेहरूले माओवादीको विरोध गरेको बताएका छन्। आइतबार पदमलाल विश्वकर्मा साहित्य प्रतिष्ठान र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको ‘ज्योति स्पर्श’ र ‘रातो बारुद’ नामक पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सामाजिक विभेदलाई रुचाउने तथा सामन्ती उत्पीडन र अत्याचारलाई पुनर्स्थापित गर्न चाहानेहरूले माओवादी पार्टीको विरोध गरिरहेकाे बताएका हुन् ।  

माओवादीले दलित, जनजाति, आदिवासी समुदाय र महिलाको हक अधिकारको निम्ति लडेको भन्दै उनले दलित समुदाय आफूलाई अत्याचार गर्नेहरूको पछाडि लागेर हिँड्दा भने आफूलाई नमीठो लाग्ने तर्क गरे। 

‘तपाईंहरूले देख्नुभयो नि हिजोका सरकारका कतिपय ठूल्ठूला महान विद्वान् कर्मचारीतन्त्रका ठूला भन्नेहरू चाहिँमा माओवादी नसकिँदासम्म यो देशले सुख पाउँदैन भनेको सुन्नुभएको छ नि हिजो अस्ति मात्रै।  को हुन् ती मान्छेहरू ? सामाजिक विभेदलाई रुचाउने, सामन्ती उत्पीडन र अत्याचारलाई फेरि पुनर्स्थापित गर्न चाहने, महिलालाई विशेषाधिकार दिने या महिलाको प्रतिनिधित्व, दलितको प्रतिनिधित्व राज्यका विभिन्न क्षेत्रमा हुनुपर्छ भन्नेहरूलाई सिध्याएपछि हुन्छ के ? तर दुर्भाग्य के छ भने जुन वर्ग, समुदायका निम्ति भनेर हामी लडाइँ लड्यौँ, त्यो वर्ग समुदाय पनि जानेर वा नजानेर आफूलाई नै अत्याचार गर्नेहरूको पछिपछि लागेर ताली पिट्दै हिँडेको देख्दा मलाई कहिलेकाहीँ बडो नमीठो लाग्छ।  के भएको होला भन्ने महसुस हुन्छ,’ प्रचण्डले भने।

रामेश्वर खनालले केही दिनअघि ‘यो माओवादी पार्टी कति वर्षमा सकिएला ? कसैको अनुमान ? नाटक अलि लामै भयो त ।’  भन्दै ट्विट गरेका थिए । अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनमा जातीय विभेद हटाउन अन्तर्जातीय विवाह गर्ने क्रम सुरु भएको भए पनि अझै जातीय विभेद कायम रहेकोमा दुःख व्यक्त गरे ।