१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक ७ आइतबार १६:५९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

थप ५५७ जनामा कोरोना संक्रमण पुष्टि, तीनको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक ७ आइतबार १६:५९:००

देशभर थप पाँच सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा पाँच सय २२ र एन्टिजेन परीक्षणमा ३५ जनामा संक्रमण देखिएको हो । 

यो अवधिमा ६ हजार ६१ जनाको पिसिआर परीक्षण र एक हजार पाँच सय ६४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

हाल देशभर १० हजार दुई सय एकजना सक्रिय संक्रमित रहेका छन् । आइतबार आठ सय ७७ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

पछिल्लो २४ घन्टामा तीनजना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या ११ हजार तीन सय ४८ पुगेको छ ।