Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ कार्तिक ७ आइतबार १५:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मंगलबारदेखि गोलाप्रथाबाट पेसी तोक्ने प्रधानन्यायाधीशको प्रतिबद्धता 

Read Time : < 1 मिनेट
२०७८ कार्तिक ७ आइतबार १५:२६:००

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबारदेखि गोलाप्रथाबाट पेसी तोक्ने प्रतिबद्धता जनाएका छन्। नेपाल बार एसोसिएसनका प्रतिनिधिहरूसँगको भेटमा उनले यस्ताे प्रतिबद्धता जनाएका हुन्।

नेपाल बारका महासचिव लीलामणि पौडेलका अनुसार आइतबारको भेटमा प्रधानन्यायाधीश जबराले मंगलबारबाट केही मुद्दामा नमुनाको रूपमा गोलाप्रथाबाट पेसी तोक्ने बताएका हुन्।

अदालतको विकृति सुधारका लागि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले स्वचालित प्रणाली (अटोमेसन) बाट मुद्दाको पेसी व्यवस्थापन गर्न सुझाव दिएको थियो। स्वचालित प्रणाली कार्यान्वयनमा ल्याउन सफ्टवेयर निर्माणलगायतका प्राविधिक काम गर्नुपर्ने र समय आवश्यक रहेकाले तत्कालका लागि गोलाप्रथाबाट पेसी तोक्न सुझाव दिएको थियो।

प्रधानन्यायाधीश जबराले भदौ १६ बाट गोलाप्रथाबाट पेसी तोक्ने बताएका थिए। तर, यसमा ढिलाइ भएको भन्दै बारले ध्यानाकर्षण गराउँदै आएको थियो। महासचिव पौडेलले  तत्काल गोलाप्रथामा जाँदा पेसी व्यवस्थापनसम्बन्धी धेरै विषय र आशंका समाधान हुने जानकारी दिए।

त्यस्तै, अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिकामा सुधारका लागि बारले प्रतिवेदन कार्यान्वयनलाई जोडदार रूपमा उठाएको जानकारी दिए। ‘न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको प्रतिवेदन कार्यान्वयन हामीले चाहेका हौँ । यसमध्ये गर्नुपर्ने मुख्य काम पेसी तोक्ने काम कार्यान्वयन गराउनु हो,’ उनले भने, ‘तत्काल स्वचालित पेसी सञ्चालनमा ल्याउन समय लाग्ने भएकाले गोलाप्रथाबाट पेसी तोक्ने कुरालाई हामीले जोडदार रूपमा उठायौँ। प्रतिवेदन कार्यान्वयन भए ८० प्रतिशत समस्या समाधान हुन्छ।’

उनले यसबारे प्रधानन्यायाधीश सकारात्मक रहेको जानकारी दिए। अध्यक्ष श्रेष्ठले आफूहरूले यसबारे पटकपटक ध्यानाकर्षण गराएको बताए। ‘हिजोसम्म ध्यानाकर्षण गरार्‍याैँ, भोलिबाट एक्सनमा जान्छौँ,’ उनले भने।