मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक ६ शनिबार १७:१५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

देशभर थप ५१३ जनामा कोरोना संक्रमण पुष्टि, आठको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक ६ शनिबार १७:१५:००

देशभर थप पाँच सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा चार सय ३८ र एन्टिजेन परीक्षणमा ७५ जनामा संक्रमण देखिएको हो । 

यो अवधिमा चार हजार नौ सय ७२ जनाको पिसिआर परीक्षण र एक हजार नौ सय ५९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

हाल देशभर १० हजार पाँच सय ५९ जना सक्रिय संक्रमित रहेका छन् । शनिबार आठ सय १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

पछिल्लो २४ घन्टामा आठजना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या ११ हजार तीन सय ४५ पुगेको छ ।