मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक ४ बिहीबार १९:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

१०औँ महाधिवेशन चितवनमा गर्ने एमालेको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक ४ बिहीबार १९:०३:००

प्रमुख प्रतिपक्षी दल एमालेको १०औँ महाधिवेशन चितवनमा हुने भएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिर दोस्रो हप्ता चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको हो । एमाले महाधिवेशन १० देखि १२ मंसिरसम्म हुँदै छ ।

एमालेले स्थायी कमिटी सदस्य रामबहादुर थापाको नेतृत्वमा २१ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन समितिसमेत गठन गरेको छ । समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, काशिनाथ अधिकारी, राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ,सीता पौडेल,आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल र पार्वती रावलसहित सात वटै प्रदेशबाट एक एक जना प्रतिनिधि र सम्पर्क समन्वय कमिटीबाट समेत एक जना प्रतिनिधि रहने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । 

यसअघि विधान महाधिवेशन समापन गर्दै अध्यक्ष केपी ओलीले १०औँ महाधिवेशन बुटवलमा हुने बताएका थिए । तर, एमालेले संस्थागत निर्णय गरेको थिएन ।