मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक ४ बिहीबार १७:०३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

देशभर थप ५४५ जनामा कोरोना संक्रमण पुष्टि, आठको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक ४ बिहीबार १७:०३:००

देशभर थप पाँच सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा चार सय ७० र एन्टिजेन परीक्षणमा ७५ जनामा संक्रमण देखिएको हो । 

यो अवधिमा ६ हजार पाँच सय ८६ जनाको पिसिआर परीक्षण र एक हजार नौ सय ६३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

हाल देशभर ११ हजार तीन सय १५ जना सक्रिय संक्रमित रहेका छन् ।  बिहीबार सात सय २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

पछिल्लो २४ घन्टामा आठजना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या ११ हजार तीन सय २६ पुगेको छ ।