१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
प्रतिमा बास्कोटा
२०७५ फाल्गुण १६ बिहीबार १६:२५:००
Read Time : < 1 मिनेट
प्रवास

नेजाले एनआरएनए अमेरिकाका उम्मेद्वार र मतदाता बीच सार्वजनिक बहस गराउने

Read Time : < 1 मिनेट
प्रतिमा बास्कोटा
२०७५ फाल्गुण १६ बिहीबार १६:२५:००

नेपाल अमेरिका पत्रकार संघ९नेजा०ले गैर आवासीय नेपाली संघ ९एनआएनए० राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आसन्न निर्वाचनमा उम्मेद्वारका आंकाक्षीसँग विगतमा जस्तै समुदाय केन्द्रीत सार्वजनिक बहस गर्ने भएको छ । 

नेजा कार्यसमितिको छैठौं बैठकले अमेरिकाको राजधानी वासिङटन डि।सी।, क्यालिफोर्नियाको लसएन्जल्स, टेक्ससको डलास, इलिनोइसको शिकागो र न्यूयोर्कमा सार्वजनिक बहस आयोजना गरिने नेजाले जनाएको छ । अप्रिल १४ देखि मे १९ सम्म नेतृत्वका आंकाक्षी र मतदाता बीच हुने सार्वजनिक वहसले एनआरएनएलाई सकारात्मक बनाउन सहयोग पुग्ने नेजाले अपेक्षा लिएको छ । 

सामुदायिक पत्रकारिता पुरस्कार छनोटका लागि समिति गठन
यसैगरी, संघका अध्यक्ष सुदीप पन्तको अध्यक्षतामा बसेको वैठकले नेजा सामुदायिक पत्रकारिता पुरस्कार छनौटका लागि नेजाका महासचिव किरण मरहठ्ठाको संयोजकत्वमा होम लम्साल र ज्योति देवकोटा रहेको तीन सदस्यीय समिति गठन गरेको छ ।

अमेरिकामा रहेर कम्तिमा २ वर्षदेखि सक्रिय पत्रकार मध्येबाट छनौट भएकालाई पुरस्कार दिइने छ । एक हजार एक सय अमेरिकी डलर नगदसहितको पुरस्कार टेक्ससको डलासमा मे ४ र ५ मा हुने नेजाको १३ औं साधारण सभामा दिइने छ  ।