मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ कार्तिक ३ बुधबार १०:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

डोटीमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १२ पुग्यो

Read Time : < 1 मिनेट
२०७८ कार्तिक ३ बुधबार १०:१०:००

डोटीमा बाढीपहिरोको कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ । पहिरोमा परी बोगटान फुड्सिल गाउँपालिका– ५ उपल्लागाउँमा इन्द्रबहादुर नेपालीकी श्रीमती चन्द्रा नेपाली, सायल गाउँपालिका– ५ गुरेनाडमरीका ५५ वर्षीय हिरुवा विकको पहिरोमा पुरिएर मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १२ पुगेको हो ।

घाइते हुनेको संख्या आठ पुगेको छ । त्यस्तै, गएराति नै छत्रेश्वर खोलाले बगाउँदा बेपत्ता भएका सायल गाउँपालिका– १ का ७४ वर्षीय बिरे रोकाया मृत फेला परेका छन् । यस्तै वर्षापछि घर भत्किँदा र पहिरोमा पुरिएर मंगलबारसम्म डोटीमा नौजनाको मृत्यु भएको थियो ।

जसमा घर भत्किँदा जोरायल गाउँपालिका– ४ सयगडामा एकैघरका चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४२ शेरबहादुर विक, उनका १८ वर्षीय छोरा मोहन विक, १२ वर्षीया छोरी पवित्रा विकको मृत्यु भएको छ । सोही घरमा मामाघर आएका १६ वर्षीय रविन विकको पनि मृत्यु भएको छ।

यस्तै, जोरायल गाउँपालिका– ४ मा पनि पहिरोले घर च्याप्दा ६२ वर्षका जोगी सार्कीको मृत्यु भएको जनाइएको छ। उनकी घाइते श्रीमती ६१ वर्षीया झुपरी सार्कीको पनि उपचारका क्रममा मंगलबार राति नै मृत्यु भएको छ ।

यस्तै, पहिरोसँगै आएको ढुंगा लागेर शिखर नगरपालिका– ११ की ३६ वर्षीया मन्धरी बलायरको मृत्यु भएको छ । यस्तै, सोमबार रातिको पहिरोले घर च्याप्दा जिल्लाको सायल गाउँपालिका– ६ का वीरबहादुर कुन्जेडाका १४ वर्षीय छोरा सागर र ११ वर्षीय आशिष कुन्जेडाको मृत्यु भएको थियो। सोही घटनामा तीनजना घाइते भएका छन्।