मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण १६ बिहीबार ०७:२३:००
Read Time : < 1 मिनेट
अर्थ

आठौँ हब्र्स एक्स्पो १७ फागुनदेखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण १६ बिहीबार ०७:२३:००

नेपाली जडीबुटीबारे जानकारी दिने उद्देश्यले काठमाडौंमा हब्र्स एक्स्पो  हुने भएको छ । ठमेलको छाया सेन्टरमा १७ फागुनदेखि ३ दिने आठौँ हब्र्स एक्स्पो २०१९ हुने भएको हो ।  गुणस्तरीय जडीबुटी दिगो अन्तर्राष्ट्रिय बजार, प्रोत्साहन र सम्मान जिम्मेवार उद्यमको आधार मूल नाराका साथ मेलामा ५० वटा स्टल रहने आयोजकले जनाएको छ । मेलाको मुख्य आकर्षणमा नेपालको हिमालदेखि तराईसम्म पाइने जडीबुटीको सचित्र जानकारी दिने स्टल रहने आयोजकले जानकारी दिएको छ ।

हब्र्स एक्स्पोमा ७ वटा कृषि र अन्य प्राकृतिक उत्पादन, १२ वटा प्रमाणीकरण गरिएका अर्गानिक उत्पादन, ५ वटा प्रविधि र गुणस्तरसम्बन्धी जानकारी दिने स्टल रहनेछन् । त्यस्तै, १२ वटामा कस्मेटिक, स्पा र मसाजसम्बन्धी उत्पादन तथा जानकारी, ४ वटा आयुर्वेद तथा क्लिनिक, ७ वटा सुगन्धित वनस्पतिसहितका बिरुवा र फूलका स्टल रहने बताइएको छ । मेलाको आकर्षणमा परम्परागत रूपमा जडीबुटीको सहायताले गरिने उपचार रहने आयोजकको भनाइ छ  ।

एक्स्पोका अवसरमा बिटुबी (बायर सेलर मिट) अर्थात् क्रेता–विक्रेताबीचको भेटघाटसमेत हुने बताइएको छ । मेलामा फ्रान्स, बेल्जियम, क्यानडा, जर्मनीलगायत युरोपियन देशका साथै भारत, बंगलादेश तथा चीनजस्ता छिमेकी मुलुकबाट व्यावसायिक कम्पनीका प्रतिनिधि आउने आयोजकले जनाएको छ । एक्स्पोमा नीति तथा मूल्य शृंखला, अर्गानिक र निर्यात, प्रविधि र गुणस्तर गरी तीनवटा विषयमा छलफल कार्यक्रम हुनेछ । मेलामा ६० हजारभन्दा बढी अवलोकनकर्ता आउने आयोजकको अपेक्षा छ ।