मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ असोज ३१ आइतबार १४:१२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हत्या आशंका गरिएका होटल सञ्चालक लडेर मृत्यु भएको पुष्टि

Read Time : < 1 मिनेट
२०७८ असोज ३१ आइतबार १४:१२:००

जुम्लामा होटल भ्याली भ्यूका सञ्चालक शेरबहादुर शाहीको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। पुरानो बसपार्कस्थित होटलअगाडिको च्यानल गेट चढेरभित्र जान खोज्दा लडेर उनको मृत्यु भएको पुष्टि भएको प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताए।

थापाका अनुसार सिसिटिभी फुटेजमा मृतक शाही होटलको च्यानल गेटमाथि जान खोज्दा लडेको देखिएको छ। दैलेख ठाटीकाध गाउँपालिका–३ भेरीपातलका ४५ वर्षीय शाहीले जुम्लामा साझेदारीमा होटल सञ्चालन गर्दै आएका थिए। गत असोज २७ गते बेलुकी ९ः४८ मा होटलभित्र जान खोजेका र गेट बन्द भएकाले नाघेर माथि जान खोज्दा लडेर शाहीको मृत्यु भएको सिसिटिभीमा देखिएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।
 
सिसिटिभी फुटेज हेरेपछि आफन्तले दुर्घटना भएको स्वीकार गरेका र शवको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरिएको प्रहरीले जनाएको छ।

'सिसिटिभीले अनुसन्धानमा सहयोग'
प्रहरीले  सिसिटिभीले अनुसन्धानमा सजिलो हुने र पीडितले न्याय पाउने भएकाले अनिवार्य राख्न अपिल गरेको छ। प्रहरी नायब उपरीक्षक थापाले जुम्ला सदरमुकामसहित गाउँपालिका केन्द्र र बजार क्षेत्रमा सिसिटिभी राख्न सरोकारवाला निकायलाई आग्रह गरेका हुन्। यसले घटना कम हुने र घटना भइहाले पनि अनुसन्धानमा सजिलो हुने उनको विश्वास छ।

तर, तीनै वटा सरकार र जनप्रतिनिधि यस विषयमा मौन छन् । चन्दननाथ नगरपालिकाले समेत संवेदनशील मानिएको विषयको पूर्वाधार विकासमा जोड दिएको छैन।