मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काभ्रेपलाञ्चोक
२०७८ असोज २५ सोमबार १४:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धुलिखेललाई  ‘खाद्य हरियाली सहर’ बनाइँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काभ्रेपलाञ्चोक
२०७८ असोज २५ सोमबार १४:११:००

सहरीकरणका कारण उत्पन्न हुने वातावरण प्रदूषण एवं स्वास्थ्य समस्यालाई वैज्ञानिक तवरबाट समाधान गर्न धुलिखेल नगरमा ‘खाद्य हरियाली सहर’ कार्यक्रम थालिने भएको छ।यसका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) र धुलिखेल नगरपालिकाबीच समझदारी भएको छ। 

समझदारीपत्रमा नगरप्रमुख अशोककुमार ब्याञ्जू र नाष्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले हस्ताक्षर गरेका छन्। वैज्ञानिक माध्यमबाट नगरलाई दिगो रूपमा खाद्य हरियाली सहर बनाउन सम्झौता गरिएको नगरप्रमुख ब्याञ्जूले बताए।

सफा–सुन्दर बनाउन थप कार्यक्रम युवा उद्यमशीलता, रोजगारी व्यवस्थापन, दिगो रूपमा स्वच्छ, सफा र सुन्दर नगर निर्माण गर्ने औषधिजन्य बिरुवा, च्याउ तथा फलफूलको वैज्ञानिक तवरबाट प्रशोधन, भण्डारण र बजारीकरणलगायतका काम हुने ब्याञ्जूले जानकारी दिए।

कार्यक्रमअन्तर्गत प्रारम्भिक चरणमा नगरद्वारा स्वच्छ ऊर्जा प्रवर्द्धन र विद्युतीय सामग्रीको प्रयोग गरी कार्बन उत्सर्जनलाई शून्य बनाउने उद्देश्यले नगरको ६ नम्बर वडास्थित खड्गी, कपाली र दलित समुदायका परिवारलाई प्रोत्सहानस्वरूप इन्डक्सन चुलो वितरण गरिएको छ । 

धुलिखेल नगर हालै शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचौँ नम्बर र एसियाको पहिलो सहर बनेको घोषणा गरिएको थियो। आगामी महिना बेलायतको ग्लास्गोमा आयोजना हुने राष्ट्रसंघीय जलवायु सम्मेलन कोप– २६ अघि यो सूची सार्वजनिक गरिएको हो। उक्त सूचीमा अस्ट्रेलियाको सिड्नी, मेलबर्न, क्यानडाको टोरोन्टो, स्पेनको बार्सिलोना र अमेरिकाका लस–एन्जलससमेत सूचीकृत छन्।

धुलिखेलले यसअघि दक्षिण एसियामै पहिलोपटक ‘जीवाश्म इन्धन अप्रसार सन्धि’ अभियानलाई कार्यान्वयनका ल्याएको थियो। सन्धिअन्तर्गत रहेर धुलिखेलले आफ्नो नगर क्षेत्रलाई पर्यटकीय सहरको रूपमा विकास गर्ने उद्देश्यले दिगो विकास र स्वस्थ तथा सफा वातावरणीय कार्यलाई पहिलो प्राथमिकता दिँदै आएको नगरप्रमुख ब्याञ्जूले बताए। रासस