१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ असोज २५ सोमबार ११:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मन्त्री बने दोबाटे विश्वकर्मा, भने-‘म शपथ लिन पोखरा आउँदै छु’

Read Time : < 1 मिनेट
२०७८ असोज २५ सोमबार ११:१७:००

यसअगाडि मन्त्री बन्ने चर्चामा रहेर अन्तिममा नाम काटिएका गण्डकी प्रदेशका कांग्रेस सांसद दोबाटे विश्वकर्मा मन्त्री बन्ने भएका छन् । आफू मन्त्री बन्न लागेको सांसद विश्वकर्माले नयाँ पत्रिकालाई जानकारी दिए । तनहुँमा रहेका सांसद विश्वकर्मा शपथ ग्रहणकै लागि सोमबार पोखरा आउँदै छन् । 

 ‘हो, मलाई मुख्यमन्त्रीज्यूले शपथग्रहणका लागि पोखरा बोलाउनुभएको छ । म अहिले तनहुँमा छु । अब पोखरा आउँछु । साँझ ५ बजे शपथ कार्यक्रम छ । कुन मन्त्रालय हो भनेर मलाई मुख्यमन्त्रीज्यूले भन्नुभएको छैन,’ नयाँ पत्रिकाको जिज्ञासामा सांसद विश्वकर्माले भने ।

प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा आएका वेला यसबारे छलफल भई दोबाटेलाई मन्त्री बनाउने पक्कापक्की भएको हो । यस विषयमा जानकारी दिँदै सांसद विश्वकर्माले भने, ‘पार्टी सभापति अहिले पोखरामै हुनुहुन्छ । उहाँले मुख्यमन्त्रीज्यूलाई भन्नुभयो होला । सायद मलाई अन्याय भएको उहाँले महसुस गरेरै निर्देशन दिनुभयो कि !’ 

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार हाल दोबाटेलाई विनाविभागीयमन्त्री बनाइने भएको छ । विश्वकर्माको नाम काटेर व्यवसायी पृष्ठभूमिका सांसद बिन्दुकुमार थापालाई मन्त्री बनाइएपछि यस विषयलाई लिएर कांग्रेसभित्र र बाहिरसमेत निकै आलोचना भएको थियो ।