मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २४ आइतबार २१:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पार्टीमा ३१ लाखलाई संगठित गर्ने माओवादी केन्द्रको लक्ष्य (परिपत्रसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २४ आइतबार २१:२३:००

सत्तारुढ माओवादी केन्द्रले झन्डै ३१ लाखलाई पार्टीमा संगठित गर्ने लक्ष्य लिएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जारी गरेको परिपत्रमा संगठन सुदृढीकरणको अभियानमा करिब ३० लाख ९४ हजार १६८ संगठित सदस्य, सदस्य र समर्थकलाई संगठित गर्ने लक्ष राखिएको उल्लेख छ । 

एक वडामा कम्तीमा तीनवटा टोल समिति गठन गर्ने, एक टोलमा तीन सेल गठन गर्ने, एक सेलमा तीनदेखि १५ संगठित सदस्य रहने परिपत्रमा उल्लेख छ ।

माओवादी केन्द्रले केन्द्रीय संगठन विभागको कामलाई अघि बढाउन प्रवास समितिबाहेक अन्य सबै प्रदेश समितिहरूका इन्चार्जलाई संगठन विभागको सदस्यमा राखेको छ ।  

अन्तर्राष्ट्रिय विभाग प्रमुख नारायणकाजी श्रेष्ठ र उपप्रमुखको जिम्मा सुरेन्द्र कार्कीलाई दिइएको पनि परिपत्रमा उल्लेख छ । यसअघि कार्कीलाई प्रमुख बनाइएकोमा सच्याएर परिपत्र गरिएको छ ।