मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १६ बिहीबार
  • Thursday, 02 December, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २४ आइतबार १२:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लेखा समितिको नेतृत्व सत्तापक्षले गर्नु अलोकतान्त्रिक : गोकुल बाँस्कोटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २४ आइतबार १२:५६:००

पूर्वमन्त्री एवं एमाले नेता गोकुल बाँस्कोटाले संसद्को लेखा समितिको नेतृत्व प्रतिपक्षी दलले गर्नुपर्ने बताएका छन्। समितिको आइतबारको बैठकमा बाँस्कोटाले लेखा समितिको नेतृत्व सत्तापक्षले गर्नु अलोकतान्त्रिक भएको बताएका हुन्।

‘संसारभर नै लेखा समितिको सभापति प्रतिपक्ष दलबाट हुने चलन छ, जुन लोकतन्त्रको सुन्दर पक्ष हो,’ उनले भने, ‘नेपालमा पनि एकपटकबाहेक सधैँ प्रतिपक्षले नै लेखा समितिको नेतृत्व गर्दै आएको छ।’  अहिले पनि लोकतन्त्रको कदर तथा पालना गर्दै लेखा समितिको सभापति प्रतिपक्षलाई दिनुपर्ने उनले बताएका छन्।