मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २४ आइतबार १२:४४:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनको मूल्य प्रतितोला सय रुपैयाँले बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २४ आइतबार १२:४४:००

नेपाली बजारमा आज आइतबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेर ९० हजार सात सय रुपैयाँ कायम भएको छ। छापावाल सुन गत हप्ताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ। महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार आज तेजाबी सुन प्रतितोला ९० हजार दुई सय ५० रुपैयाँमा कारोबार हुनेछ जुन शुक्रबार प्रतितोला ९० हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार आज चाँदीको मूल्य शुक्रबारको तुलनामा पाँच रुपैयाँले बढेको छ। चाँदी शुक्रबार प्रतितोला एक हजार एक सय ७० रुपैयाँमा कारोबार भएको थियो भने आजको कारोबार मूल्य प्रतितोला एक हजार एक सय ७५ रुपैयाँ तोकिएको छ।