मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ असोज २३ शनिबार २१:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङ प्रहरीद्वारा विस्फोटक पदार्थसहित एक पक्राउ

Read Time : < 1 मिनेट
२०७८ असोज २३ शनिबार २१:४१:००

लमजुङ प्रहरीले विस्फोटक पदार्थसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही सिद्धार्थनगर नगरपालिका– ७ घर भई २२ वर्षदेखि बेँसीसहर नगरपालिका– ८ झ्याङखोलास्थित जडीबुटी पसल सञ्चालन गरी बस्ने ६९ वर्षीया हरिराम बानियाँ रहेका छन् । 

सुराकीका आधारमा बानियाँलाई जिल्ला प्रहरी कार्यालय लमजुङले पसलबाट शुक्रबार पक्राउ गरेको हो । बानियाँको पसल खानतलासी गर्दा निजले पसलमा लुकाइछिपाई राखेको अवस्थामा बारुद बनाउने कच्चा पदार्थ गन्धक ४ किलो, सोडा १६ किलो तथा बारुद बनाउन प्रयोग हुने विभिन्न किसिमका पटकासमेत बरामद गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए । 

पक्राउ परेका बानियाँउपर विस्फाेटक पदार्थसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।