१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २२ शुक्रबार २०:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न प्रयत्न गर्छु : शिक्षामन्त्री पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २२ शुक्रबार २०:११:००

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्नका लागि आफ्नो प्रयत्न रहने बताएका छन्। शुक्रबार मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मन्त्री पौडेलले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्दै आमूल परिवर्तनका लागि आफ्नो प्रयत्न रहने बताए । उनले आफूले देश र जनताको पक्षमा शिक्षा क्षेत्रबाट हुनुपर्ने काम गर्ने र अहोरात्र खटेर परिणाम निकाल्ने प्रतिबद्धता जनाए। 

‘शिक्षामा समस्याहरू छन्। शिक्षा मन्त्रालयले पहिलेदेखि नै केही सुधार गर्ने प्रयत्न गरेको छ। म मेरो आफ्नो लागि वा कसैको लागि व्यक्तिगत प्रयोजनको लागि भन्दा पनि शिक्षामा आमूल परिवर्तन गर्ने प्रयत्न गर्नेछु र त्यसका साथसाथै देश र जनताको पक्षमा शैक्षिक क्षेत्रबाट हुनुपर्ने कामहरूको निम्ति अहोरात्र खटेर परिणाम निकाल्ने प्रयत्न गर्नेछु,’ पौडेलले भने।

मन्त्री पौडेलले समाजवादउन्मुख राज्य प्रणाली स्थापनाका लागि शिक्षा क्षेत्रबाट गर्नुपर्ने शैक्षिक सुधार, आवश्यक जनशक्ति उत्पादन र नीतिगत सुधार गर्नका लागि पनि आफ्नो तर्फबाट सकेको काम गर्ने प्रतिबद्धता व्यक्त गरे। 

‘संविधानमा समाजवादउन्मुख राज्य प्रणाली भनेका छौँ । समाजवादउन्मुख राज्य प्रणालीलाई आवश्यक पर्ने शैक्षिक र शिक्षालयहरूको सुधारको निम्ति आवश्यक जनशक्तिको उत्पादन गर्न नीतिगत सुधारहरू गर्ने र उत्पादित भएका जनशक्तिहरूलाई विभिन्न प्रकारका काम गरी रोजगारमा जोड्ने त्यसका साथसाथै कतिपय अन्तर्राष्ट्रिय संघ, संस्थाहरुसँग पनि सम्बन्धन, पहल, कदमीहरू गरेर समग्र शिक्षा क्षेत्रलाई गति दिने प्रयत्न मेरो आफ्नो तर्फबाट हुनेछ,’ उनले भने।

उनले शैक्षिक बेरोजगारको समस्या समाधानका निम्ति आफ्नो अधिकतम प्रयत्न रहने उल्लेख गरे।