१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
वीरगन्जको मुर्लीस्थित कब्रस्तानमा जयुनत खातुनको शव गाड्न लागेका बेला प्रहरीले नियन्त्रणमा लिँदै।
तिवारी यादव वीरगन्ज
२०७८ असोज २२ शुक्रबार १२:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दाहसंस्कार गर्ने क्रममा युवतीको शव प्रहरी नियन्त्रणमा, करणीपछि मृत्यु भएको आशंका

Read Time : < 1 मिनेट
२०७८ असोज २२ शुक्रबार १२:०१:००

पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका– १३ मुर्ली कब्रस्तानमा दाहसंस्कार गर्न लगिएको एक युवतीको शव नियन्त्रणमा लिएको छ। युवतीको जबर्जस्ती करणीका कारण अत्यधिक रक्तश्राव भएर मृत्यु भएपछि घटना लुकाउन लागेको आशंकामा प्रहरीले बिहीबार दाहसंस्कार गर्ने क्रममा शव नियन्त्रणमा लिएको हो।

शवलाई वीरगन्जको नारायणी अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको पर्सा प्रहरीले जनाएको छ। भारत बिहारको पश्चिमी चम्पारणस्थित इनर्वानिवासी मृतक किशोरी जगरनाथपुर गाउँपालिकानिवासी आफ्नो भिनाजुको घरमा बस्दै आएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए। प्रहरीले पाएको सूचनामा जबर्जस्ती करणीका क्रममा अत्यधिक रक्तश्राव भएर किशोरीको मृत्यु भएको र घटना लुकाउन शवलाई गाड्न थालिएको अवस्थामा शव नियन्त्रणमा लिएको पाण्डेले जानकारी दिए। मृतक किशोरीको घाँटीमा समेत डाम देखिएको छ। घटनाको अन्य कुराहरू पोस्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धानबाट पुष्टि हुने प्रहरीले जनाएको छ।

को हुन् मृतक युवती ?
प्रहरी उपरीक्षक पाण्डेका अनुसार मृतक किशोरी जगरनाथपुर गाउँपालिका प्रमुख जालिम मियाँको कान्छा छोराका साली हुन्। उनी केही समय अगाडिबाट भिनाजु र दिदीसँगै बस्दै आएकी थिइन्। वीरगन्जको मुर्लीस्थित घरमा युवतीको शव राखिएको पहिलो सूचना आएको पाण्डेले बताए। उनले भने, ‘प्रहरी घरमा पुग्दा महिलाहरू मात्र थिए। त्यसपछि मुस्लिम समुदायको दाहसंस्कार गर्ने स्थलहरूमा प्रहरीले खोजी सुरु गरेको थियो।’

अनुसन्धानका लागि प्रहरीले नाैजनालाई नियन्त्रणमा लिए पनि संलग्नता नभएको आधार पाएपछि चारजनालाई छाडेको छ। युवतीका भिनाजु फरार रहेको प्रहरीले जनाएको छ। प्रहरीले नियन्त्रणमा लिएकाहरूमाथि सार्वजनिक मुद्दा दर्ता गरेर आवश्यक छानबिन अगाडि बढाउने तयारी गरेको छ।