मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
देवेन्द्र कार्की
२०७५ फाल्गुण १६ बिहीबार ०७:२५:००
Read Time : < 1 मिनेट
समाचार

हतियारसहित विप्लवका कार्यकर्ता पक्राउ

Read Time : < 1 मिनेट
देवेन्द्र कार्की
२०७५ फाल्गुण १६ बिहीबार ०७:२५:००

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका एक कार्यकर्ता अत्याधुनिक हतियारसहित पक्राउ परेका छन् । मोरङस्थित बेलबारी नगरपालिका–१० का सन्दीप भनिने देवकुमार लिम्बूलाई को ५ प ७५ नम्बरको मोटरसाइकलबाट पूर्व जाँदै गरेको अवस्थामा प्रहरीले धरान–५ स्थित पानबारी सडक खण्डबाट बुधबार पक्राउ गरेको हो । 

उनका साथबाट लङ मेसिनगन र एम–१६ गन बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । नियमित चाँजमा खटिएको प्रहरी टोलीले हतियार भेटेको हो । जाँच गर्ने क्रममा उनीहरू भागेका थिए । भाग्ने क्रममा लिम्बूलाई पक्राउ गरे पनि खर्का एकजना भने फरार रहेको प्रहरीले जनाएको छ ।

 विज्ञ टोली झिकाएर अनुसन्धान
बरामद हतियारबारे विज्ञ टोली झिकाएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी राजन अधिकारीले जानकारी दिए । पक्राउ परेका व्यक्ति र हतियारबारे अनुसन्धान गरी बिहीबार सार्वजनिक गरिने उनले बताए । घटनास्थलमा प्रदेश १ का प्रहरी प्रमुख डिआइजी केदार रिजाल, स‌ंघीय प्रहरी कार्यालय धरानका प्रमुख एसएसपी शरद खत्रीसमेत उपस्थिति भएका थिए ।

पक्राउ परेका लिम्बू विप्लव नेकपाको पूर्वी ब्युरो सदस्य रहेको प्रहरीले जनाएको छ । बरामद भएका दुवै हतियार माओवादीले द्वन्द्वकालमा सेनाबाट लुटेको अनुमान गरिएको छ । आफूले प्रयोग गर्दै आएको हतियार विप्लव नेकपाका कार्यकर्ताबाट बरामद भएपछि सेनाको टोली पनि प्रहरीचौकी पानबारी पुगेको थियो ।