१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका महोत्तरी
२०७८ असोज २१ बिहीबार १३:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

९० वर्षीया वृद्धाको कन्चटमा पेस्तोल राखेर लुटपाट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, महोत्तरी
२०७८ असोज २१ बिहीबार १३:११:००

महोत्तरीमा अज्ञात समूहले ९० वर्षीया वृद्धालाई घरमा सुतिरहेको अवस्थामा पेस्तोल देखाई लुटपाट गरेको छ। जलेश्वर नगरपालिका– ९ फुल्हट्टाका कैलाश सिंहकी आमा मन्दोदरी देवीको शरीरका गहना चारजनाको समूहमा आएका लुटेराले लुटेकाे प्रहरीले जनाएको छ।

कैलाशकी आमा घरमा एक्लै रहेको मौका छोपी बिहीबार बिहान करिब २ बजे लुटेरा समूह घरमा प्रवेश गरेको हो। कैलाश झापामा भेटेरिनरी अस्पतालका चिकित्सकका रुपमा कार्यरत छन्।

सो समूहले प्रकौलीस्थित जानकी परीक्षण माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा कैलाशका दाजु निर्मल सिंहको घरमा समेत चोरी गरेको बताइएको छ। निर्मलको पर्समा भएको नगद चोरी गरी सो समूह कैलाशको घरमा प्रवेश गरेकाे थियाे । वृद्धाको कन्चटमा पेस्तोल राखेर घाँटीसमेत थिची हल्ला गरे ज्यान मार्ने धम्की दिएकाे जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

सो समूहले गरगहनासहित घरमा रहेका अन्य सामानहरू पनि लगेको बताइएको छ। प्रहरीले घटनास्थल पुगेर मुचुल्का उठाइसकेको र आशंकित व्यक्तिहरूको खोजबिन भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले बताए।