१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २० बुधबार ०६:०२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लोअर इखुवा हाइड्रोपावरको सेयर मुक्तिनाथ क्यापिटलले बेच्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २० बुधबार ०६:०२:००

लोअर इखुवा हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावितलाई सेयर जारी गर्नका लागि मुक्तिनाथ क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
कम्पनीले जारी पुँजीमध्ये १० प्रतिशत अर्थात् सात लाख कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानीय बासिन्दालाई र २० प्रतिशत अर्थात् १४ लाख कित्ता साधारण सेयर सर्वसाधारणमा जारी गर्नका लागि मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको हो । 

सेयर निष्कासनसम्बन्धी सम्झौतामा हाइड्रोपावरका प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदी र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले हस्ताक्षर गरेका हुन् ।उक्त कम्पनीको अधिकृत पुँजी ९० करोड रुपैयाँ, जारी पुँजी ७० करोड रुपैयाँ र चुक्ता पुँजी ४९ करोड रुपैयाँ रहेको छ ।