मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण १५ बुधबार २०:१३:००
Read Time : < 1 मिनेट
समाचार

अधिकारीको निधनमा सरकारले दियो बिहीबार सार्वजनिक विदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण १५ बुधबार २०:१३:००

बुधबार आकस्मिक बसेको मन्त्रिपरिषद्को बैठकले बिहीबार सार्वजनिक विदा दिने भएको छ । पर्यटन, संस्कृती तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको हेलिकप्टर दुर्घटना भइ ताप्लेजुङमा निधन भएपछि सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको गृहमन्त्री रामबहादुर थापा बादलले जानकारी दिए ।

मृतकको सम्झनामा बिहीबार सरकारी निकाय, कुटनीतिक नियोग तथा शैक्षिक संस्थाहरुमा आधा झण्डा झुकाउने निर्णय समेत गरेको छ ।

अधिकारीसहित मृतक सबैको राष्ट्रिय सम्मानका साथ बिहीबार अन्तेष्टि गरिने भएको छ । मन्त्रिपरिषदको बैठकले हेलिकप्टर दुर्घटनाका विषयमा छानविन गर्न पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ४ सदस्यीय छानविन समिति गठन गरेको हो ।