मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १९ मंगलबार १७:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जसपाको भागमा भौतिक पूर्वाधारसहित चार मन्त्रालय (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १९ मंगलबार १७:४९:००

सत्तासाझेदार जनता समाजवादी पार्टी (जसपा) नेपालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित चारवटा मन्त्रालय पाउने भएको छ। मंगलबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपंक्षी विकास, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण मन्त्रालय दिने सहमति भएको औपचारिक जानकारी गराएका हुन्।

सत्तारुढ गठबन्धनका दलहरूको बैठक मंगलबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको थियो । बैठकले आफ्नो पार्टीलाई ४ वटा मन्त्रालय दिने निर्णय गरेको कुरा पार्टी संसदीय दलको नेतासमेत रहेका यादवले संसदीय दलको बैठकमा जानकारी गराएकाे पार्टीका नेता राजकिशोर यादवले जानकारी दिए ।

त्यसैगरी, बैठकले पार्टीको तर्फबाट मन्त्री बन्नेहरूको नामावली टुंगो लगाउने जिम्मेवारी अध्यक्ष यादवलाई नै दिएको छ ।

‘मन्त्रालय जम्मा चारवटा छन् । सबैलाई मन्त्री बनाउन त सकिँदैन । त्यसैले अब तपाईंहरूले आफ्नोआफ्नो कुरा राख्नुस्, कसरी लाँदा राम्रो हुन्छ भन्ने कुरा भयो । पार्टीले पनि अब मन्त्रालयको कुरा यसरी बैठक बसेर टुंगिने विषय होइन भनेको छ। तपाईंले पार्टीको हितमा सबै प्रकारको क्षेत्रीयता, जातीयता, लैँगिकता, मूल्यांकन र क्षमताको आधारमा निर्णय गर्नुहोस्, त्यो निर्णय हामी स्वीकार गछौंँ भनेर पार्टी अध्यक्षलाई त्यसको जिम्मेवारी दिने सर्वसम्मत निर्णय गरिएको छ,’ यादवले भने ।