मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर २० सोमबार
  • Monday, 06 December, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १९ मंगलबार ११:२५:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

विन्टर फिल्म फेस्टिभलमा ‘कठपुतली’लाई दुई अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १९ मंगलबार ११:२५:००

भीमसेन लामा निर्देशित नेपाली फिचर फिल्म ‘कठपुतली : द पपेट’ले विन्टर फिल्म अवार्ड अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा दुईवटा अवार्ड जितेको छ। सम्पदा मल्लको लेखनमा बनेको फिल्मले ‘बेस्ट हरर फिचर फिल्म’ र ‘इन्डी पिक्स अवार्ड’ हात पारेको हो।

न्युयोर्कमा सम्पन्न विन्टर फिल्म फेस्टिभलमा यो फिल्म प्रिमियर भएको थियो। फिल्मको कथा, पटकथा र संवाद मल्लले लेखेकी हुन्। उनी फिल्मको कार्यकारी निर्मातासमेत हुन्। पृथ्वी राना मगर निर्माता रहेका फिल्ममा कर्मा, उषा रजक, मिथिला शर्मा, गौरी मल्ल र शिल्पा मास्केलगायतले मुख्य भूमिका निर्वाह गरेका छन्।

फिल्मलाई नेपालभित्र छिट्टै रिलिज गर्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ। परिस्थिति असामान्य नबने आगामी पुस–माघसम्म फिल्म नेपालमा रिलिज हुने लेखक सम्पदा मल्ल बताउँछिन्। ‘अवस्था सामान्य बन्दै गएकाले फिल्म क्षेत्रमा केही आशा जागेको छ। डिसेम्बर/जनवरीतिर नेपालमा रिलिज गर्ने तयारीमा छौँ,’  मल्लले भनिन्।

यो फिल्म ‘हर्टल्यान्ड इन्टरनेसनल फिल्म फेस्टिभल’मा समेत छनोटमा परेको छ।