मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १७ आइतबार १७:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस नगर अधिवेशन : काठमाडौं महानगरमा मतगणना सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १७ आइतबार १७:३८:००

नेपाली कांग्रेसको १४औँ महधिवेशनअन्तर्गत जारी नगर अधिवेशनअन्तर्गत काठमाडौं महानगरपालिकामा मतदान सम्पन्न भएको छ । जारी अधिवेशनअन्तर्गत आज आइतबार महानगरमा अधिवेशन सम्पन्न भएको हो । 

मतगणना सम्पन्न भएलगत्तै मतगणना सुरु भएको कांग्रेस काठमाडौंका निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता नरहरि आचार्यले नयाँ पत्रिकालाई जानकारी दिए । यसबाहेक कीर्तिपुर नगरपालिकामा भोलिसम्म सर्वसम्मत नेतृत्वका लागि समय माग गरिएको र दक्षिणकाली नगरपालिकामा भने निर्वाचन हुन बाँकी रहेको उनले जानकारी दिए ।

दक्षिणकालीको वडा नम्बर २ मा  क्रियाशील विवाद रहेकाले निर्वाचन सम्पन्न हुन नसकेको हो ।