१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ५ बिहीबार १७:१३:००
Read Time : < 1 मिनेट
समाचार

देशलाई समृद्ध बनाउन अभियान जरुरी छ : अध्यक्ष प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ५ बिहीबार १७:१३:००

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई समृद्ध बनाउन अभियानात्मक रुपमा अघि बढ्नु पर्ने बताएका छन् । चितवन पारस नगरमा श्री सहिद स्मृति माविमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

अध्यक्ष प्रचण्डले भने, ‘अहिले बसिरहेको हाम्रो पार्टीको स्थायी समिति बैठकमा दुई महिनाभित्र अभियान चलाएर जनता, पार्टीका नेता तथा कार्यकर्ता र अरु राजनीतिक दललाई समेत समृद्धिको यात्रामा सँगै सहभागी गराउने योजना बनाउँदै छौँ ।’ 

अध्यक्ष प्रचण्डले खस्कदै गएको सामुदायिक विद्यालय र फस्टाउँदै गएको निजी तथा व्यापारिक विद्यालयबीच फेरि, केही वर्षमा सामुदायिक विद्यालयलाई सक्षम बनाउने बताए । उनले भने, ‘पार्टीले निर्वाचनको घोषणा पत्रमा सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने र विद्यालयको शिक्षा बेरोजगार पैदा गर्ने नहोस् भनेर प्राविधिक शिक्षालाई प्राथमिकता दिँदै जाने प्रक्रियामा रहेका छौँ ।”