मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण १५ बुधबार १२:४७:००
Read Time : < 1 मिनेट
समाचार

एनआरएनएले सन् २०१९ लाई ‘नेपाल प्रवद्र्धन वर्ष’को रुपमा मनाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण १५ बुधबार १२:४७:००

गैर आवासीय नेपाली संघ (एनआरएनए)ले सन् २०१९ लाई ‘नेपाल प्रवद्र्धन वर्ष’को रुपमा मनाउने घोषणा गरेको छ ।

सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने सरकारको लक्ष्यलाई सघाउ पु¥याउन सन् २०१९ लाई ‘नेपाल प्रवद्र्धन वर्ष’को रुपमा मनाउने घोषणा गरिएको एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिए । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रवद्र्धन वर्षलाई सफल बनाउन उनकै अध्यक्षतामा दुई सय १३ सदस्यीय मूल समारोह समिति समेत गठन गरेको बताए ।

मूल समारोह समितिले ८० भन्दाबढि देशमा रहेका संजाल प्रयोग गरी नेपाल भ्रमण वर्षमा २० लाख बढि विदेशी पर्यटक नेपाल भित्र्याउने योजनालाई सफल बनाउन आवश्यक प्रचार प्रसारको काम गर्नेछ । भट्टले नेपाल भ्रमण वर्षलाई सफल बनाउन एनआरएनएले विश्वका विभिन्न देशमा नेपालबारे प्रचार प्रसार गर्ने योजना रहेको स्पष्ट पारे । नेपाल सरकारले सन् २०२० मा २० लाख बढि विदेशी पर्यटक भित्र्याउने उद्देश्यका साथ नेपाल भ्रमण वर्ष बनाउने तयारी गरिरहेको छ ।