१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ असोज १४ बिहीबार १२:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मी घमिरका युवा १६ दिनपछि मृत फेला

Read Time : < 1 मिनेट
२०७८ असोज १४ बिहीबार १२:४१:००

गुल्मीको घमिरका एक युवा १६ दिनपछि मृत फेला परेका छन्। मालिका गाउँपालिका– ७ घमिर दीर्घका ३१ वर्षका लेखनाथ पन्थी मृत अवस्था फेला परेका हुन्। उनी भदौ २८ गतेदेखि परिवारको सम्पर्कबाहिर थिए। बुधबार पन्थीको शव घरनजिक जंगलमा सडेको अवस्थामा फेला परेको थियो। स्थानीयले निउरो टिप्न जाने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पान्डेयले जानकारी दिए। 

उनी शारीरिक र मानसिक रूपमा अशक्त रहेको प्रहरीले जनाएको छ। घरबाट हराएपछि भदौ २९ गते परिवारले खोजी गरिदिन जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए। शवको पोस्टमार्टम गरेर परिवारलाई बुझाइएको प्रहरी नायब उपरीक्षक पाण्डेयले जानकारी बताए।