मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंह
२०७८ असोज १४ बिहीबार ११:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मोसो प्रकरण : डा. सिंह भन्छन्, ‘सर्जन प्रयोगको पात्र मात्रै हो, घटना घटाउने अर्कै छ’

Read Time : < 1 मिनेट
२०७८ असोज १४ बिहीबार ११:५१:००

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहले आफूमाथि मोसो दल्ने मुख्य योजनाकारलाई राजनीतिक संरक्षण दिइएको आरोप लगाएका छन्। उनले सर्जन परियारलगायतले कसैको प्रयोगमा आएर आफूमाथि मोसो दलेको बताएका छन्।

‘सर्जन परियार घटनामा प्रयोग भएको एक पात्र मात्र हो,’ उनले भने, ‘सायद राजनीतिक  दबाबको कारण यो कुरा बाहिर नआएको हुन सक्छ। अभियुक्तलाई  प्रहरी हिरासतमा ‘भान्जा राखेजस्तो’ गरेपछि कसले यो कार्य गराएको भन्ने कहाँबाट थाहा हुन्छ !’

मोसो दल्ने प्रकरणमा पक्राउ परेका सर्जन परियारसहित तीनजनालाई प्रहरीले धरौटीमा छोडेपछि डा. सिंहले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले ‘अभियुक्तहरू मामाघर गए र फर्के’ भन्दै असन्तुष्टि जनाएका छन्।  केही दिनअघि उनले आफ्नो सामाजिक सञ्जालमा मेसु पदका लागि आफूलाई मोसो दलिएको उल्लेख गरेका थिए।

पक्राउ परेका दिलीप डाँगीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ भने परियारसहित गणेश खड्का र दिवस क्षेत्रीलाई जनही ५० हजार रुपैयाँ धरौटी बुझाएर आइतबार नै रिहा गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए।

गत भदौ ११ गते परियारसहित गएका उनीहरूले डा. सिंहलाई मोसो दलेका थिए। परियार एमालेनिकट विद्यार्थी संगठनका जिल्ला अध्यक्ष थिए। मोसो प्रकरणपछि परियारसहित उनीहरूलाई पार्टीले कारबाही गरिसकेको छ।