मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक ५ शुक्रबार
  • Friday, 22 October, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १३ बुधबार ०८:४३:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कपनबाट हराएका चार वर्षीय बालक बिहारमा सकुशल भेटिए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १३ बुधबार ०८:४३:००

कपनको बालुवाखानीबाट हराएका चार वर्षीय पियुष शर्मा भारतको बिहारमा सकुशल भेटिएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनी भारतको बिहारमा आफन्तसँग रहेको भिडियो च्याटमा देखिएपछि सकुशल रहेको पुष्टि भएको हो ।

प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले बालक सकुशल रहेको जानकारी दिए ।  ‘अहिलेसम्मको अनुसन्धानबाट बालक सकुशल रहेको खुलेको छ । हामीले भिडियो च्याट पनि गर्‍यौं । भिडियोमा सकुशल नै देखिएको छ । उनी किन भारत पुगे भन्ने विषयमा भने अनुसन्धान हुन बाँकी छ,’ उनले भने ।

पियुष सोमबार ४ बजे बालुवाखानीबाट सम्पर्कविहीन भएका थिए । उनीसँगै छिमेकी शंकर दास पनि सम्पर्कविहीन बनेपछि अपहरणको आशंका गरिएको थियो । पियुष अपरहणमा परे नपरेको विषय अनुसन्धानपछि मात्रै खुल्ने एसपी बस्नेतले बताए ।

‘अपहरण भए नभएको अहिले नै भन्न सकिने अवस्था छैन । अनुसन्धानपछि मात्रै यस विषयमा भन्न सकिन्छ । अहिले अनुसन्धान जारी छ,’ उनले भने । बालक सम्पर्कविहीन बनेपछि परिवारका सदस्यले महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठमा जाहेरी दिएका थिए ।