मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक ५ शुक्रबार
  • Friday, 22 October, 2021
२०७८ असोज १२ मंगलबार १९:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस प्रवेश गरे कन्हैया कुमार

Read Time : < 1 मिनेट
२०७८ असोज १२ मंगलबार १९:०२:००

जेएनयू छात्र संघका पूर्व अध्यक्ष तथा सिपिआईबाट विहारको बेगुसरायबाट लोकसभामा चुनाव लडेका कन्हैया कुमार मंगलबार कांग्रेस प्रवेश गरेका छन् । कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले उनलाई दिल्लीमा पार्टी प्रवेश गराए । गुजरातका विधायक जिग्नेश मेवाणीले पनि उनीसँगै कांग्रेसको सदस्यता लिएका छन् । 

देशलाई बचाउनका लागि आफू कांग्रेस प्रवेश गरेको कन्हैया कुमारले बताएका छन् । कांग्रेसले महात्मा गान्धी र भगत सिंहको सपना बचाउन सक्ने उनले दाबी गरेका छन् । कांग्रेस बचेन भने देश बच्न नसक्ने उनको भनाइ छ । यही कारण देशको सबैभन्दा लोकतान्त्रिक पार्टीमा प्रवेश गरेको उनले बताए ।

कांग्रेस नेताहरूले कन्हैया कुमार कांग्रेसमा प्रवेश गरेपछि पार्टी बलियो हुने बताएका छन् । सिपिआईले उनलाई मौकापरस्त भएको आरोप लगाउँदै कन्हैकासँग जनाधार नभएको बताएको छ । सिपिआईका वरिष्ठ नेता अनुलकुमार अंजानले कन्हैया कुमारलाई राज्यसभामा पुग्न हतार भएको बताएका छन् । केही समयदेखि उनी कांग्रेस प्रवेश गर्न लागेका खबर आइरहेका थिए ।