१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १९:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस प्रवेश गरे कन्हैया कुमार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १९:o२:oo

जेएनयू छात्र संघका पूर्व अध्यक्ष तथा सिपिआईबाट विहारको बेगुसरायबाट लोकसभामा चुनाव लडेका कन्हैया कुमार मंगलबार कांग्रेस प्रवेश गरेका छन् । कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले उनलाई दिल्लीमा पार्टी प्रवेश गराए । गुजरातका विधायक जिग्नेश मेवाणीले पनि उनीसँगै कांग्रेसको सदस्यता लिएका छन् । 

देशलाई बचाउनका लागि आफू कांग्रेस प्रवेश गरेको कन्हैया कुमारले बताएका छन् । कांग्रेसले महात्मा गान्धी र भगत सिंहको सपना बचाउन सक्ने उनले दाबी गरेका छन् । कांग्रेस बचेन भने देश बच्न नसक्ने उनको भनाइ छ । यही कारण देशको सबैभन्दा लोकतान्त्रिक पार्टीमा प्रवेश गरेको उनले बताए ।

कांग्रेस नेताहरूले कन्हैया कुमार कांग्रेसमा प्रवेश गरेपछि पार्टी बलियो हुने बताएका छन् । सिपिआईले उनलाई मौकापरस्त भएको आरोप लगाउँदै कन्हैकासँग जनाधार नभएको बताएको छ । सिपिआईका वरिष्ठ नेता अनुलकुमार अंजानले कन्हैया कुमारलाई राज्यसभामा पुग्न हतार भएको बताएका छन् । केही समयदेखि उनी कांग्रेस प्रवेश गर्न लागेका खबर आइरहेका थिए ।


 

ad
ad