मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ असोज ११ सोमबार १९:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्यटन दिवसमा वक्तृत्वकला : परिवेश चापागाईं प्रथम 

Read Time : < 1 मिनेट
२०७८ असोज ११ सोमबार १९:५५:००

कोरोनाले थलिएको पर्यटन विकासमा युवा र युवा आबद्ध सामाजिक संस्थाको भूमिका विषयमा आयोजित वक्तृत्वकला प्रतियोगितामा  परिवेश चपागाईं प्रथम भएका छन् । चितवन र नवलपुरका विभिन्न ७ लियो क्लबहरूलाई पछि पार्दै लियो क्लब अफ भरतपुर युथका चापागाईं प्रथम भएका हुन् । 

४२औँ विश्व पर्यटन दिवसको अवसरमा लियो क्लब अफ गीतानगरले आयोजना गरेको उक्त प्रतियोगितामा लियो क्लब अफ चितवन पर्साका देवेन्द्र श्रेष्ठ द्वितीय भए । लियो क्लब अफ चितवन वीरेन्द्रनगरकी अन्जना सिलवाल तृतीय भइन् । विजेताहरूलाई नगद र प्रमाणपत्रसहित पुरस्कृत गरिएको कार्यक्रम संयोजक शान्ति रिमालले बताइन् ।  

देवराज सापकोटा सम्मानित 
क्लबले पश्चिम चितवनको पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै भरतपुर– ६ निवासी देवराज सापकोटालाई सम्मान गरेको छ । बरन्डाभार क्षेत्रमा हात्ती सयर र ट्रयाकिङ पर्यटनको शुभारम्भसँगै पश्चिम चितवनको पर्यापर्यटन विकासमा नेतृत्व गरेको भन्दै क्लबले विश्व पर्यटन दिवसको अवसर पारेर कदरपत्रसहित सम्मान गरेको हो ।