मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज ३० शनिबार
  • Saturday, 16 October, 2021
२०७८ असोज १० आइतबार ११:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङ कांग्रेस : गाउँपालिकामा सर्वसम्मत, नगरपालिकामा निर्वाचनबाट नेतृत्व चयन

राईनासमा निर्वाचन अनिश्चित

Read Time : < 1 मिनेट
२०७८ असोज १० आइतबार ११:३७:००

लमजुङका आठमध्ये चार स्थानीय तहमा सर्वसम्मत कांग्रेस नेतृत्व चयन भएको छ। नेपाली कांग्रेस दूधपोखरी गाउँपालिका, क्होलासोँथार गाउँपालिका, दोर्दी गाउँपालिका र मर्स्याङ्दी गाउँपालिकाको  कार्यसमितिमा सर्वसम्मत नेतृत्व चयन भएको हो।

अधिवेशनका लागि गठित निर्वाचन समितिका अनुसार दूधपोखरी गाउँपालिका कार्यसमितिको सभापतिमा मेघराज गुरुङ सर्वसम्मत चयन भएका छन्।

त्यसैगरी क्होलासोँथार कार्यसमितिको नेतृत्व पनि सर्वसम्मत चयन भएको छ। नेपाली कांग्रेस क्होलासोँथार गाउँ कार्यसमितिको सभापतिमा पसबहादुर गुरुङ पुनः चयन भएका छन् । यस्तै, मर्स्याङ्दी गाउँपालिकामा यसअघिका सभापति कृष्णबहादुर गुरुङ तथा दोर्दी गाउँपालिकामा विच्छबहादुर घले सर्वसम्मत सभापति चयन भएका छन्।

जिल्लाका चारवटै गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भए पनि नगरपालिकाहरूमा भने नयाँ नेतृत्वका लागि निर्वाचन भएको छ। जिल्ला सदरमुकामसमेत रहेको बेंसीसहर नगरपालिकामा सभापतिसहित अन्य पदाधिकारीका लागि निर्वाचन भएको छ। बेंसीसहरको नगर सभापतिमा शरणहरि जोशी तथा मध्यनेपालको नगरसभापतिमा वसन्त घिमिरे निर्वाचित भएका छन्। सुन्दरबजारमा नगरसभापतिमा प्रकाश सेढाईं निर्वाचित भएका छन् ।

यता, राईनास नगरपालिकामा भने निर्वाचन प्रक्रिया स्थगित भएको छ। मतदान सुरु भएर केही मत मात्रै खस्न बाँकी रहेका वेला मतपत्रमा त्रुटि देखिएपछि मतदान प्रक्रिया स्थगित भएको हो। 

राईनास नगरसभापतिका लागि नूरराज कडरिया र युवा नेता श्रीकृष्ण पौडेलबीच चुनावी प्रतिस्पर्धा भएको थियो। तर, मतपत्रमा उम्मेदवार पौडेलको नाम पछाडि रेजा लगाउने कोठा नै नराखिएको भेटिएपछि निर्वाचन स्थगित भएको हो।